शनिबार, वैशाख २२, २०८१

चालु आवको पहिलो दिनमा झन्डै २ अंकले नेप्से बढ्दा १ अर्ब २३ करोडको कारोबार

नेपालखोज २०७९ साउन १ गते १५:४६

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दिन आज (आइतबार) नेप्सेमा झिनो अंकले सुधार आएको छ । साताको पहिलो कारोबार दिन भए पनि आज नेप्से एक दशमलव ९३ अंकले बढेर दुई हजार ११ दशमलव ३९ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य दुई अंकले बढेर तीन सय ८५ दशमलव ९३ अंकमा चढेको छ ।

दुई सय १० कम्पनीको २५ हजार नौ सय २४ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ८९ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँचवटाको सूचक बढेका छन् । आठवटाको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ५४ अंकले बढेर १३ सय ७१ दशमलव ९३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि १५ दशमलव २१ अंकले बढेर नौ हजार सात सय तीन दशमलव ३९ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, उत्पादनमूलक र लगानी समूहको सूचक पनि बढेका छन् ।

विकास बैंक समूहको सूचक एक दशमलव ४६ अंकले घटेर ३५ सय एक दशमलव १२ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक २६ दशमलव ३६ अंकले घटेर २३ सय १७ दशमलव २८ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ६ दशमलव ९६ अंकले घटेर सात हजार नौ सय ७९ दशमलव ३५ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज राधी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ४८ प्रतिशतले बढेर पाँच सय ६८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्रभु सेलेक्ट फन्डको प्रतियुनिट सेयर मूल्य नौ दशमलव ७८ प्रतिशतले घटेर आठ रुपैयाँ ६७ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज अपर तामाकोसी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता पाँच सय २३ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा ६ करोड चार लाख ६६ हजार एक सय तीन रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया