उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ
नेपालखोज
२०७९ साउन १ गते १७:३९

काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट पदाधिकारीहरुको उपस्थिति थियो । भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

सम्बन्धित








प्रतिक्रिया