शनिबार, पुष ५, २०८२

लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई मुक्तिनाथको सहयोग

नेपालखोज २०७९ साउन १ गते १९:१२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले पोखरा नगरपालिका ३०, खुदी, ढुंगेपाटन स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आवश्यक पर्ने पाँच हजार लिटरको एकथान पोलिथिक टयांकीका खरिद गर्न ५५ हजार ६९ रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख शंकर केसी, बूढीबजारका शाखा प्रमुख रामचन्द्र रानाभाटर अन्य कर्मचारीको उपस्थिति थियो । लेखनाथ खानेपानी उपभोक्त संस्थाका तर्फबाट अध्यक्ष मुरारी शर्मालगायतको उपस्थिति थियो । सहयोगबाट संस्थाले नजिका नागरिकहरुलाई शुद्ध पिउने पानीका लागि सहयोग पुग्ने धारणा बैंकले लिएको छ ।

बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न यसको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२, कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया