शनिबार, पुष ५, २०८२

सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाकाे सम्भावना

नेपालखोज २०७९ साउन २ गते ६:०६

काठमाडाैं । हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेकोछ भने प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा र वाग्मती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानहरुमा  र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेेकाे विभागले जनाएकाे छ ।

प्रतिक्रिया