शनिबार, जेठ ५, २०८१

अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा

नेपालखोज २०७९ साउन २ गते ८:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ १५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८६ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ २५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया