यी नदीमा आज पानीको बहाव बढ्ने
नेपालखोज
२०७९ साउन २ गते ९:१४

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका केही नदीहरूमा आज पानीको बहाव बढ्ने छ । आज बेत्रावतीस्थित त्रिशूली, दिपायलस्थित पश्चिम सेती र पारिगाउँस्थित महाकाली नदीमा बहाव बढ्ने विभागले जनाएकाे छ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले उल्लेख गरेकाे छ ।
आज सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, लमजुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, दैलेख, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ ।

सम्बन्धित








प्रतिक्रिया