शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ साउन ३ गते ११:४६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भउ घटेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले घटेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया