काठमाडौं महानगरले ल्यायो ३ दमकल

नेपालखोज २०७९ साउन ३ गते १३:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनवटा दमकल ल्याएको छ ।

मेयर बालेन्द्र शाहका अनुसार यी तीनवटा दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार दमकलहरु महानगर आइपुगेको मेयर शाहले बताए ।

आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको पनि उनले बताए । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोहीअनुरुप पूर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत ३ दमकल महानगरमा आइपुगेका छन् । दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ,’ मेयर शाहले भने ।

मेयर शाहले सकेसम्म अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प रहेको बताएका छन् । ‘आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ,’ उनले भनेका छन् ।

तस्बिरहरु : मेयर बालेन्द्र शाहको फेसबुकबाट

प्रतिक्रिया