शनिबार, पुष ५, २०८२

वाग्मतीसहित ५ वटा प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ साउन ४ गते ६:२६

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानभन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशभर सामान्य बदली रहेकोछ भने देशका केही स्थानहरूमा मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जदनाएकाे छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया