विश्व युवा विकास मञ्च चीनमा आयोजना हुने
नेपालखोज
२०७९ साउन ४ गते ७:३७

चीन । विश्व युवा विकास मञ्च जुलाई २१ देखि २३ तारिखसम्म अनलाइन र अफलाइन माध्यमबाट चीनमा आयोजना हुने भएको छ । सम्मेलनमा १०० भन्दा बढी देशका करिब दुई हजार युवा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम आयोजकले जनाएको छ ।
अखिल चाइना युथ फेडेरेसनको पहलमा यो फोरमले रोजगारी र उद्यमशीलता, जलवायु परिवर्तन र हरित विकास, डिजिटल अर्थतन्त्र र उच्च गुणस्तरीय शिक्षा जस्ता विषयहरूमा छलफल गर्नेछ । फोरमको मुख्य उद्देश्य विभिन्न विषयहरू समेटेर विश्वव्यापी विकास साझेदारी निर्माण गर्ने रहेको छ ।
फोरमले ‘साझेदारी भविष्यका लागि : युवा र युवाका लागि दिगो विकासको प्रवर्द्धन” शीर्षकमा मुख्य भाषण, गोलमेज छलफल, केस स्टडी र अनलाइन छलफलहरू गर्नेछ ।
सम्बन्धित








प्रतिक्रिया