साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९८ पैसा, बिक्रीदर ३४ रूपैयाँ १४ पैसा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २१ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ११ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ३२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९८ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर









प्रतिक्रिया