शनिबार, पुष ५, २०८२

यी नदीमा बाढीको खतरा, सतर्कता अपनाउन विभागकाे आग्रह

नेपालखोज २०७९ साउन ६ गते ९:२४

काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको छ । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ । 

वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ । 

प्रतिक्रिया