शनिबार, जेठ ५, २०८१

दोहोरो अंकले घट्यो नेप्से, सबै सूचक रातै

नेपालखोज २०७९ साउन ६ गते १४:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले अपराहन्न चार बजे चालु आर्थिक वर्षको लागि मौंद्रिक नीति सार्वजनिक गर्दै छ । गत आर्थिक वर्षको मौंद्रिक नीति घोषणा पश्चात लगातार ओरालो लागेको नेप्सेको घट्ने क्रम अझै जारी छ । यही बिचमा आज राष्ट्र बैंकले चालु आवको लागि अझै कसिलो मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । तर यसपालीको मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाईएको ४–१२ को क्याप हट्ने अपेक्षा आम लगानीकर्ताहरुले गरेका छन् ।

यही अपेक्षाबिच चालु आवको मौद्रिक नीति सार्वजनिक हुनुभन्दा झण्डै तीन घण्टा अघि बन्द भएको नेप्से भने पुरै रातो देखिएको छ । अघिल्लो दिन पाँच दशमलव ८७ अंकले घटेको नेप्से आज शुक्रबार पुन २७ दशमलव २६ अंकले घटेर दुई हजार १७ दशमलव ४६ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव चार अंकले घटेर तीन सय ८६ दशमलव २४ अंकमा झरेको छ ।

नेप्सेमा आज (शुक्रबार) दुई सय १२ वटा कम्पनीहरुको २३ हजार आठ सय ३६ पटकको कारोबारमा ३३ लाख २० हजार पाँच सय १२ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार सात सय ७० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा सबै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाणिज्य बैंक समूहको सूचक १५ दशमलव १७ अंकले घटेर १३ सय ६७ दशमलव ३१ अंकमा, विकास बैंक समूहको सूचक पनि ७१ दशमलव ३५ अंकले घटेर ३४ सय ७३ दशमलव ८२ अंकमा झरेको छ । जलविद्युत समूहको सूचक पनि ३५ दशमलव ७८ अंकले घटेर २२ सय ९७ दशमलव ३४ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि २७ दशमलव आठ अंकले घटेर १६ सय ३१ दशमलव ७३ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ३२ दशमलव ६५ अंकले घटेर आठ हजार एक सय १९ दशमलव ६६ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय नौं दशमलव ६७ अंकले घटेर नौं हजार ६ सय १२ दशमलव शुन्य पाँच अंकमा झरेको छ । यि बाहेक ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनुमलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ४१ प्रतिशतले बढेर नौं सय ४९ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७९ प्रतिशतले घटेर दुई सय २६ रुपैंयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको भने आज प्रतिकित्ता सात सय ७७ रुपैंयाँ अन्तिम मूल्यमा २१ करोड दुई हजार चार सय ७३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया