सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा कर्मवाङ सिङ लामा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा काभ्रे नमोबुद्ध नगरपालिका–५ को ईनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्मवाङ सिङ लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्विर अपलोड गरी पीडितका साथीहरुसँग पैसा समेत माग्ने र सामाजमा झुठा अफवाह फैलाउनुका साथै सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दरु पोष्ट गरेको खुल्न आएको छ ।
साथै पीडित महिलाले ईनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बर सहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ । पीडितहरुलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दुःख, हैरानी दिई बदनाम गराई चरित्र हत्या गर्ने कार्यमा संलग्न कर्मलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया