शनिबार, जेठ ५, २०८१

नेप्से २,०१७ दशमलव ४६ अंकमा सीमित, ९ अर्ब ५५ करोडको किनबेच

नेपालखोज २०७९ साउन ७ गते १४:२२

काठमाडौं । यो सातामा नेप्से दुई हजार १७ दशमलव ४६ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८६ दशमलव २४ बिन्दुमा सीमित भएको छ ।

सातामा दुई सय २५ वटा कम्पनीहरुको एक लाख ६६ हजार सात सय ५५ पटकको कारोबारमा दुई करोड ३२ लाख ६४ हजार एक सय ५५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ५५ करोड ४६ लाख ८० हजार नौं सय ९६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुुई सय ३१ वटा कम्पनीहरुको एक लाख ६९ हजार चार सय ५७ पटकको कारोबारमा दुई करोड ७३ लाख ३१ हजार सात कित्ता सेयर किनबेच कुल कारोबार रकम ९ अर्ब ९४ करोड ५९ लाख ३१ हजार चार सय ३९ रुपैयाँ पुगेको थियो । यो साता छ कार्य दिन नै नेप्से खुलेको थियो । सो मध्ये पहिलो, दोस्रो, तेस्रो र चौंथो दिन नेप्से बढेपनि पाँचौं र छैंठो दिन भने नेप्से घटेको थियो ।

पहिलो दिन नेप्से एक दशमलव ९३ अंकले बढेर दुई हजार ११ दशमलव ३९ अंकमा पुग्दा सेन्सिटिभ पनि शून्य दशमलव शुन्य दुई अंकले बढेर तीन सय ८५ दशमलव ९३ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से १८ दशमलव तीन अंकले बढेर दुई हजार २९ दशमलव ४३ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ८३ अंंकले बढेर तीन सय ८८ दशमलव ७६ अंकमा पुगेको थियो । तेस्रो दिन पनि नेप्से १६ दशमलव २७ अंकले बढेर दुई हजार ४५ दशमलव ६९ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ७७ अंंकले बढेर तीन सय ९१ दशमलव ५३ अंकमा पुगेको थियो ।

त्यस्तै, चौंथो दिन नेप्से चार दशमलव ८९ अंकले बढेर दुई हजार ५० दशमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ९७ अंकले बढेर तीन सय ९२ दशमलव ५० अंकमा पुगेको थियो । पाँचौं दिन भने नेप्से पाँच दशमलव ७२ अंकले घटेर दुई हजार ४४ दशमलव ७२ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८६ अंकले घटेर तीन सय ८३ दशमलव १४ अंकमा झरेको थियो । यसैगरी छैठो दिन पनि नेप्से २७ दशमलव २६ अंकले घटेर दुई हजार १७ दशमलव ४६ अंकमा झर्दा सेन्सिटिभ पनि पाँच दशमलव चार अंंकले घटेर तीन सय ८६ दशमलव २४ अंकमा पुगेको थियो ।

यो साता शिवम सिमेन्ट, नेशनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोबार भएको छ भने नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।

प्रतिक्रिया