शनिबार, वैशाख २२, २०८१

सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ साउन ९ गते १०:५६

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी आज प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया