शुक्रबार, वैशाख २८, २०८१

नाडा अटो एक्सपो-२०२२ स्थगित

नेपालखोज २०७९ साउन ९ गते १५:११
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ ७ देखि १२ गतेसम्म गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित भएको छ ।

सरकारले कार, जिप र भ्यान आयातमा लगाएको प्रतिबन्ध २०७९ को साउन १ देखि खोल्ने भनिएकामा सो समयावधि अझ थप गरेर २०७९ भदौ १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सीसीभन्दा माथिका दुईपांगे्र सवारीसाधनहरूको आयातमा थप प्रतिबन्ध लगाएपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल यस्तो निर्णय गर्न बाध्य भएको विज्ञप्तिमार्फत जनाएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

प्रतिक्रिया