शनिबार, जेठ ५, २०८१

नेप्सेको उच्च वृद्धिदर कायमै, ५४ अंकले बढ्दा ४ अर्ब १० करोडको कारोबार

नेपालखोज २०७९ साउन ९ गते १५:४७

काठमाडौं । नेप्सेको उच्च वृद्धिदरले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ६१ दशमलव पाँच अंकले बढेको नेप्से आज पनि ५४ दशमलव ४५ अंकले बढेर २१ सय ३२ दशमलव ९६ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव पाँच अंकले बढेर चार सय सात दशमलव ३८ अंकमा पुगेको छ ।

दुई सय १४ कम्पनीको ६४ हजार दुई सय ३१ पटकको कारोबारमा ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार कुल कारोबार रकम चार अर्ब १० करोड ६८ लाख १८ हजार नौ सय ४१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटैको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव ५१ अंकले बढेर १४ सय ११ दशमलव ७० अंकमा चढेको छ । विकास बैंक समूहको सूचक दुई सय १३ दशमलव ३८ अंकले बढेर तीन हजार आठ सय ६५ दशमलव ५१ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक एक सय सात दशमलव १३ अंकले बढेर दुई हजार चार सय ४८ दशमलव ९६ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय २५ दशमलव ७७ अंकले बढेर आठ हजार तीन सय ६३ दशमलव ४२ अंकमा चढेको छ । यस्तै जीवन बिमा समूहको सूचक पनि दुई सय १० दशमलव ७९ अंकले बढेर १० हजार ३० दशमलव ६१ अंकमा चढेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ३४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मञ्जुश्री फाइनान्सको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेर आठ सय ८४ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ ।

यसैगरी आज पनि शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड २९ लाख २५ हजार ६ सय ७८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो । हिजो (आइतबार) पनि शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ८९ रुपैयाँ अन्तिम मूल्यमा ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँको सेयर कारोबार भएको थियो । जुन आइतबार भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया