माल्दिभ्सलाई ४–० ले हराउँदै नेपालको फराकिलो जित

काठमाडाैं । साफ यू-ट्वान्टी च्याम्पियनसिपमा नेपाली युवा टिमले विजयी सुरुवात गरेको छ । नेपालले माल्दिभ्सलाई चार शून्य गोल अन्तरले हरायो ।
भारतको भुवनेश्वरमा भएको खेलमा नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, मनग्य नकर्मी र क्रितिस रत्न छुन्जुले एक एक गोल गरे ।
खेलको सुरुवातदेखि दबाब दिएको नेपालले ४१औं मिनेटमा अग्रता बनायो । त्यसपछि ५८ औं मिनेटमा नेपालले दोस्रो गोल गर्यो । यसपटक नेपालका लागि सुगम सुवालले गोल गर्न सफल भए । खेलको ६१ औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । जसलाई क्रितिसले गोल गर्दै टिमलाई तीन शून्यले अगाडी राखे । खेलको इन्जुरी समयमा नेपालले चौथो गोल थप्यो । यसपटक नेपालका लागि मनग्यले गोल गरे ।
त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र नेपालले पहिलो खेलमा नै प्रभावशाली जित निकाल्न सफल भयो । अब नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।
प्रतिक्रिया