५ घण्टापछि खुल्यो अवरुद्ध डुम्रे-आँबुखैरेनी खण्ड
नेपालखोज
२०७९ साउन १० गते ९:३९

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ बजेदेखि अवरुद्ध भएको थियो ।
जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो । डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको उनले बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले जानकारी दिए ।
सम्बन्धित








प्रतिक्रिया