मंगलबार, वैशाख १६, २०८२

चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त !

नेपालखोज २०७९ साउन १० गते १२:४१

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भुवन केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सुनीलकुमार पोखरेल, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

पछिल्लो समय अभिनयभन्दा पनि चलचित्र निर्माणमा सक्रिय केसी केही समय अघिमात्र नेकपा एमालेबाट नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

प्रतिक्रिया