निर्वाचन आयोगमा दर्ता भयो वामदेवको दल, चुनाव चिह्न धानको बाला !
नेपालखोज
२०७९ साउन १० गते १२:३७

काठमाडौं । वामदेव गौतमको नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता भएको छ । काठमाडौंमा गत असार १४ गते पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको दलको दर्ता प्रक्रियाका लागि केन्द्रीय सदस्यहरु सोमबार दिउँसो आयोग पुगेका थिए ।
आयोगले दलको नाम नेकपा (एकता राष्ट्रिय अभियान) र चुनाव चिह्न चन्द्र आकारको गोलाकारभित्र धानको बाला प्रदान गरेको छ । सुरुमा गुलाबको रुख चुनाव चिह्न मागेर आयोगमा दल दर्ता गराइएको थियो । उक्त चिह्न अर्कै दलले प्राप्त गरिसकेको पाइएपछि ‘धानको बाला’ रोजिएको हो ।
दल दर्ता गरेर अघि बढेका वामदेव पछिल्लो समय नेपालका वामपन्थी दलहरुलाई एकीकृत गर्ने अभियानमा जुटेका छन् ।
सम्बन्धित

प्रतिक्रिया