नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जाँदै प्रचण्ड
नेपालखोज
२०७९ साउन १० गते १३:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन २१ गते जापान जाने भएका छन् ।
पाँचदिने भ्रमणका लागि उनी जापन जान लागेका हुन् । माओवादीको केन्द्रीय कार्यालयका अनुसार उनी नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । उनी साउन २५ गते नेपाल फर्कने कार्यक्रम छ ।
सम्बन्धित

प्रतिक्रिया