आइतबार, वैशाख २८, २०८२

माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा दुई जना पक्राउ

नेपालखोज २०७९ साउन १० गते १५:०४

काठमाडौं । वीरगंज महानगरपालिका ८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा जितपुरसिमरा उपमहानगरपालिका ५ को २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिकाको २७ वर्षीय राजकपुर चौधरी रहेका छन् । उक्त बैंकको एटीएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया