शनिबार, जेठ ५, २०८१

४४ अंकले नेप्से घट्दा ३ अर्ब ७० करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन १० गते १५:३९

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ५४ दशमलव ४५ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने ४४ दशमलव आठ अंकले घटेर दुई हजार ८८ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९९ अंकले घटेर तीन सय ९८ दशमलव ३९ अंकमा झरेको छ ।

दुई सय २२ कम्पनीको ६० हजार पाँच सय १७ पटकको कारोबारमा ८७ लाख ४० हजार पाँच सय ५१ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसकारण कुल कारोबार रकम तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार तीन सय ९८ रुपैयाँ कायम भएको छ ।

१३ समूहको कारोबार भएकामा मंगलबार १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २५ दशमलव २८ अंकले घटेर १३ सय ८६ दशमलव ४२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय १४ दशमलव ४१ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव ११ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि ४८ दशमलव ३१ अंकले घटेर दुई हजार चार सय ४० दशमलव ६५ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि मंगलबार एक सय तीन दशमलव ५१ अंकले घटेर आठ हजार दुई सय ५९ दशमलव ९१ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक एक सय ३३ दशमलव ७१ अंकले घटेर नौ हजार नौ सय दशमलव ६३ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज मल्टीपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ३२ प्रतिशतले बढेर तीन सय ३२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गणपति लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने ६ दशमलव ८२ प्रतिशतले घटेर एक हजार २५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय ११ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ३६ लाख ६७ हजार दुई सय ६० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया