शिक्षामन्त्रीले भने- विश्वविद्यालयमा तालाबन्दी नगर्नूस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गरेका छन् । विश्वविद्यालयमा हुने तालाबन्दी, खुला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन् ।
सिंहदरबारमा मंगलबार भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न मन्त्री पौडेलले आग्रह गरे ।
‘प्रध्यापकहरू विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरू आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ ।’
खुला विश्वविद्यालयको डिन नियुक्तिमा ढिलाइ भएको प्रध्यापक संघका पदाधिकारीहरूसँग सुझाव मागे । ‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले भने, ऐनले सहमति अथवा खुला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’








प्रतिक्रिया