शुक्रबार, वैशाख १२, २०८२

बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा, बिक्रीदर १५३ रुपैयाँ ४८ पैसा

नेपालखोज २०७९ साउन ११ गते ८:२७

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९६ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ २१ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४८ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ३६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ८९ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहाेस् आजकाे विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया