आरियाका पिता बने गायक प्रशान्त तामाङ
नेपालखोज
२०७९ साउन ११ गते १४:५४

काठमाडौं । गायक प्रशान्त तामाङलाई पुत्री लाभ भएको छ । सामाजिक सन्जाल मार्फत् उनले आफू पिता बनेको जानकारी गराएका हुन् ।
उनले छोरोको नाम आरिया राखेका छन् । शुभचिन्तकहरुलाई शुभकामनाको लागि धन्यवाद दिँदै उनले समाजिक सन्जालमा लेखेका छन् ‘मेरी सानी राजकुमारी आरियालाई यस सुन्दर संसारमा स्वागत छ ।’
इण्डियन आइडल सिजन ३ का विजेता तामाङ र पूर्वएयर होस्टेस मार्था एलीले तीन वर्षअघि लगनगाँठो कसेका थिए ।
सम्बन्धित
प्रतिक्रिया