शनिबार, जेठ ५, २०८१

२३ अंकले नेप्से बढ्दा ३ अर्ब १६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन ११ गते १५:३७

काठमाडौं । नेप्से पुनः बढेको छ । अघिल्लो दिन ४४ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) भने २३ दशमलव ८३ अंकले बढेर २१ सय ११ दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५३ अंकले बढेर चार सय दुई दशमलव ९२ अंकमा पुगेको छ ।

दुई सय २७ कम्पनीको ५० हजार दुई सय ९७ पटकको कारोबारमा ७५ लाख आठ हजार एक सय ८८ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम तीन अर्ब १६ करोड १४ लाख ५५ हजार एक सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा ट्रेडिङ समूहको सूचक १२ दशमलव चार अंंकले घटेर बाँकी समूहको सूचक उच्च अंकले बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९२ अंकले बढेर १३ सय ८७ दशमलव ३४ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ५६ अंकले बढेर तीन हजार आठ सय सात दशमलव ११ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक ७२ दशमलव ३५ अंकले बढेर २५ सय १३ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक ४३ दशमलव आठ अंकले बढेर आठ हजार तीन सय पाँच दशमलव ६३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ३४ दशमलव ७९ अंकले बढेर नौ हजार नौ सय ३५ दशमलव ४१ अंकमा चढेको छ । यस्तै फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज जानकी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ६७ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कुमारी धनवृद्धि योजनाको प्रतियुनिट सेयर मूल्य भने १० प्रतिशतले घटेर नौ रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय १६ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ९४ लाख ११ हजार आठ सय आठ रुपैयाँ ३० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया