सार्वजनिक भयो एसईईको नतिजा !
नेपालखोज
२०७९ साउन ११ गते १६:३९

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकको निर्णयअनुसार कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको हो । नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।
परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । कोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षा भौतिक उपस्थितिमै दिएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया