गीतकार विश्व बल्लभलाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’

काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मान गरिने भएको छ । राष्ट्रिय नाचघरमा साउन १८ गते उक्त कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली संगीत क्षेत्रमा दिएको योगदानको कदर स्वरुप बल्लभलाई सम्मान गर्न लागिएको कार्यक्रमका संयोजक सन्तोष श्रेष्ठले बताए । ५१ हजार नगद, सम्मान पत्र र दोसल्लाले सम्मान गरिने आयोजकले बताएको छ । बल्लभले तिमी बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरै दिन भो लगायत दर्जनौं गीतमा संगीत दिएका छन् ।
गायक कन्हैयासिंह परियार र गायिका अञ्जना गुरुङको नाममा स्थापित कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कारले गत वर्षदेखि नेपाली गीत-संगीत क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ । गायक कन्हैया र गायिका अञ्जना श्रीमान–श्रीमती हुन् । उनीहरू हाल अमेरिकामा बस्दै आएका छन् ।
प्रतिक्रिया