आइतबार, जेठ ६, २०८१

उद्योग वाणिज्य संघको अगुवाइमा रक्तदान, सर्वाधिक रक्तदाता कर्माचार्य र शाक्यलाई सम्मान

नेपालखोज २०७९ साउन १२ गते १६:५६

सुर्खेत । ५६‍औं राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ९१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्य र कर्णालीका सर्वाधिक रक्तदाता प्रवासकुमार शाक्य ले संयुक्त रुपमा रक्तदान गरे । कर्माचार्यले १७१औं पटक र शाक्यले ७५औं पटक रक्तदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सर्वाधिक रक्तदाताद्वय कर्माचार्य र शाक्यलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

त्यस्तै बिहीबार नै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बढ्दो रगत आपूर्तिको माग सहज व्यवस्थापनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजको सुर्खेत शाखासमेत गठन गरिएको छ । समाजको शाखा अध्यक्षमा प्रवासकुमार शाक्य चुनिएका छन् । उपाध्यक्षमा अशोककुमार सिंह, सचिवमा खगेन पुरी र कोषाध्यक्षमा धर्मराज आचार्य चुनिएका छन् ।

यस्तै समाजको सदस्यहरुमा पुनम बीसी, सागर लम्साल, कुमार थापा, भोजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ योगी, कृति गुभाजु शाक्य, चन्द्रा रेग्मी चुनिएका छन् । तीनजना सल्लाहकारहरुमा सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशीलराज शर्मा चुनिएको शतक रक्तदाता कर्माचार्यले नेपालखोजलाई जानकारी दिए ।

प्रतिक्रिया