कलाकार, निर्माता तथा वितरक गोविन्द शाहीलाई सम्मान !
नेपालखोज
२०७९ साउन १३ गते ८:४१

काठमाडाैं । कलाकार, निर्माता तथा वितरक गोविन्द शाही सम्मानित भएका छन् । उनी प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सम्मानित भएका हुन् ।

सम्मानित भएपछि शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युबाट नेपाल संस्कृति संघको कार्यक्रममा मैले पुर्याएको योगदानलाई उच्च क़दर गरी प्रधानमन्त्री ज्युको हातबाट सम्मानित हुन पाउँदा गर्व महशुस गरेको छु । साथै मलाई साथ दिने संघका साथी अग्रजहरूलाई हृदयदेखि नै आभार व्यक्त गर्छु ।’

उनलाई बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटेर नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन भूमिका निर्वाह गरेको भन्दै कांग्रेस निकट नेपाल सांस्कृतिक संघले सम्मान प्रदान गरेको हो ।

सम्बन्धित
प्रतिक्रिया