शनिबार, वैशाख २२, २०८१

बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ४७ पैसा, बिक्रीदर १५५ रुपैयाँ २० पैसा

नेपालखोज २०७९ साउन १३ गते ९:५१

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९२ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ २७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ४४ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहाेस् आजकाे विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया