शनिबार, वैशाख १५, २०८१

सहिद शुक्रराज शास्त्रीकाे दुर्लभ कृति ‘स्वर्गको दरबार’

सुनिल उलक २०८० माघ ९ गते १४:३३

८३ वर्ष अगाडी १९९७ साल माघ १० गते बिहीबार राती १२ बजे, पचली (टेकु)को ठूलो खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुन्ड्याईएको थियो । भनिन्छ त्यस रात नरशमशेर, हरि शमशेर, रंगबिक्रम, जेलर खड्ग बहादुर सुनुवार र अरु सिपाहीहरु शुक्रराज शास्त्रीलाई मृत्यु दण्ड दिन खरीको रुख नजिकै पुगेका थिए ।

रुखमा फाँसीको लागी डोरी दिउँसै बाँधिएको थियो यसैबेला भोज खाएर एक हुल मानिसहरु त्यही बाटो आउँदा विद्रोही जनता आक्रमण गर्न आएको सोचेर तिनीहरु त्यहाबाट भागेका थिए पछि नरशम्शेर तथा अन्य फर्केर आएपछि शुक्रराज शास्त्रीले तिमीहरु जस्ता डरपोक म होईन भन्दै आफैले आफ्नो गलामा डोरी छिराएर प्राण त्याग गरेका थिए ।

भोलीपल्ट बिहान बागमती नुहाउन गएकाहरुले झुन्डिएको लाश र छातीमा झुन्ड्याईएको बोर्डमा लेखिएको ूभर्खर शिक्षा पाएका नवयुवकलाई भड्काएर देशमा बिद्रोह फैलाउने र राजकाजमा समेत चलेको हुनाले यस्तो सजायं भयोू भन्ने पढे पछि तीनै शहरमा हल्ला फैलियो । लाश उठाउन कसैले आट्न सकेनन् । सबैले टाढैबाट श्रद्धाञ्जली दिए ।

राती दाजु अमरराजका छोरा तथा शहिद शुक्रराजका भतिजाहरु प्रयागराज र भानुराजलाई पुलिसले लाश उठाउन लगाए । केवल दश वर्षका बालक भानुराजलाई सरिक गराईयो ।

राणाको निरंकुश कानुनले दश वर्षिय बालकलाई केही नगर्ला भन्ने मनसायले यस्तो गराईएको थियो । जाडोको रात कठिन संग दाहसंस्कार गरेर फर्केकाहरुलाई बिहानै पुलिसले घेराउ गरे । सानो बालकलाई कारबाही गरिएन तर ठूलो प्रयागराजलाई झुन्डिएर मरेकोलाई दागबत्ती दिएको आरोपमा पतिया लिन लगाए ।

महान शहिद शुक्रराज शास्त्रीलाई झुन्ड्याईएको खरीको रुख भएको स्थानमा प्रसिद्व कलाकार बालकृष्ण तुलाधरका छोरा महेश तुलाधरले तैयार गर्नुभएको शालिक स्थापना गरिएको छ ।

मेरो संग्रहमा रहेको दुर्लभ कृति ‘स्वर्गको दरवारू अमर सहिद शुक्रराज शास्त्रीद्वारा लिखित तथा वि.सं. १९८६ मा प्रकाशित भएको थियो । यो पुस्तक त्यतिबेलाका राणा प्रधानमन्त्री भीमशम्शेरलाई समर्पित गरिएको थियो ।
शहिद शुक्रराज शास्त्री प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया