शुक्रबार, चैत १६, २०८०

कन्हैया र अन्जनाको ‘नजर नजरको’ म्युजिक भिडियो बजारमा

नेपालखोज २०७९ साउन १३ गते ११:३२

काठमाडौं । गायक तथा संगीतकार कन्हैया सिंह र गायिका अन्जना गुरुङको स्वरमा ‘नजर नजरको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंको कमलादीमा पत्रकार तथा संगितकर्मीहरुमाझ प्रदर्शन गरी म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गम्भिर बिष्टले निर्देशन गरेको यस म्युजिक भिडियोमा नायक पुष्प खड्का र अपेक्षा सिंहले अभिनय गरेका छन् । कन्हैया सिंहको छोरी अपेक्षाको यो डेब्यु म्युजिक भिडियो हो ।

उक्त गीतमा बरिष्ठ संगितकार मनोहर सुनामको संगीत संयोजन, प्रकाश मिश्रको रेकर्डिङ रहेको छ । त्यस्तै सहायक निर्देशन सुबोल थापा, सिनेमाटोग्राफर नवराज उप्रेती, सम्पादन र कलरिङ नबिन निरौलाको रहेको छ ।

प्रतिक्रिया