शुक्रबार, वैशाख १४, २०८१

दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भइन् स्वस्तिमा

नेपालखोज २०७७ फागुन १६ गते १३:४४

काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय मलयालम चलचित्र ‘थिरिमाली’ मा आवद्ध भएकी छन् । जसकालागि नायिका स्वस्तिमा खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता पनि भइसकेको छ । स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

नायिका खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गरेपछि यो चलचित्रका लागि समय दिनेछिन् । यो चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ । राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।

चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ । यो चलचित्रको छायांकन नेपालको काठमाण्डौ र मुस्ताङमा हुनेछ ।

प्रतिक्रिया