आइतबार, पुष ६, २०८२

भारतीय सेनाको विमान दुर्घटनामा दुईको मृत्यु

नेपालखोज २०७९ साउन १३ गते १८:०१
फाइल तस्बिर

नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।

मिग- २१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो ।

भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रतिगहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरुसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ । एक अदालतको जाँचको आदेश दिइएको पनि वायु सेनाकाअधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया