मंगलबार, वैशाख १६, २०८२

माता दुर्गा !

नेपालखोज २०७९ साउन १४ गते ५:००

घरमा वास्तु दोष छ वा परिवारमा कसैको स्वास्थ्य समस्या छ । परिवारमा सुख–शान्ति छैन, दाम्पत्य जीवनमा समस्या छ । यस्तो अवस्थामा माता दुर्गालाई समर्पित कार्य गर्नुपर्छ । अष्टमी तिथीमा मातालाई प्रसन्न गर्नाले सुख, समृद्धि, इज्जत र स्वास्थ्यको आशीर्वाद प्राप्त हुन्छ । सबै समस्याबाट मुक्ति पाउनको लागि यस दिन केही विशेष उपाय अपनाउनुपर्छ । उनीहरुको बारेमा जानौँ ।

अष्टमीका दिन रातो रङको वस्त्र धारण गरी तामाको भाँडोमा सूर्यदेवलाई अर्घ दिनुहोस् । माता गौरीलाई श्रृंगार गर्नुहोस् । दाम्पत्य जीवन सुखमय बनाउन अष्टमीको दिन पति पत्नीले मिलेर माताको पूजा गर्नुपर्छ । माताको कृपाले सबै भय हटेर सुख–समृद्धि बढ्छ । वास्तु दोष भएका भवनमा माताको पूजा गर्नाले सबै प्रकारका वास्तु दोष हट्छन् । अष्टमीको दिन देवी दुर्गाको व्रत बसी कन्याको पूजा गर्ने ।

केसर वा बेसारमा रंगिएको पहेंलो चामल देवी लक्ष्मीलाई अर्पण गर्नुहोस् । अष्टमीको दिन घरको मुख्य प्रवेशद्वारमा देवी लक्ष्मीको पदचिह्न राख्नुहोस् । खुट्टाको दिशा घरको भित्री दिशामा हुनुपर्छ।घरको मुख्य ढोकामा आँप र अशोकको पातको बन्डनवर राख्नुहोस्। घरको मन्दिरमा झण्डा लगाउनुहोस् ।

यस दिन दुर्गा सप्तशतीको पाठ गर्नुहोस्। यसो गर्नाले स्वास्थ्य सम्बन्धी समस्या हट्छ । अष्टमीको दिन साँचो मनले आमाको ध्यान गर्नाले दाम्पत्य जीवनमा सुख प्राप्त हुन्छ । अष्टमीको रात घरको मुख्य ढोकामा शुद्ध घिउको दियो बाल्नुहोस्, यसो गर्नाले सौभाग्य प्राप्त हुन्छ। अष्टमीको दिन शंख बजाउँदा देवताहरू प्रसन्न हुनुका साथै सकारात्मक ऊर्जाको संचार हुन्छ ।

प्रतिक्रिया