शुक्रबार, वैशाख २८, २०८१

मैले छैन भने !

जितु साउद २०७९ साउन १४ गते ७:२७

चढ्न कार,
बस्न दरबार भन्यौ !
मैले छैन भने,
अनि घरबार भएन !!
किन झुटो बोल्नु,
किन आश्वासन दिनु,
भोलि… होला नहोला,
मसँग ती सम्पत्ति !
हुन्छ नै भनी,
मैले वाणी बोलिनँ !
तिमी जीवन साथी बनिनौ !!
लाउन हार,
घुम्न ताज खोज्यौ !
मैले सक्दिनँ भनें,
अनि प्यार भएन ?!!
किन वाचा गर्नु,
किन आशा दिनु,
भोलि… सकौंला नसकौंला,
किन्न, घुमाउन तिमीलाई!
लान्छु नै भनी,
मैले वर्तमानमा बोलिनँ !!
तिमी भविष्य बनिनौं !!
घुम्न रहर,
बस्न सहर खोज्यौ !
मैले गाउँ देखाउँदा,
तिम्ले ठहर गरिनौं !!
अनि के बल गर्नु,
के कर गर्नु, रोक्न तिमीलाई
भोलि… बसौंला नबसौंला,
तिमीले खोजेको सहरमा!
बस्छु नै भनी,
मैले मेरो औकात खोलिनँ !!
तिमीले विश्वास गरिनौं !!
नास्ताकै लागि हजार,
महँगा उपहार खोज्यौ !!
मैले छैन भनें,
अनि म दिलदार भएन !!
आज के किन्नु,
के बेच्नु, सम्पत्तिमा तिमीलाई
भोलि… दिन सकुँला नसकुँला,
तिमीले खोजेको उपहार !
तर, दिन्छु नै भनी,
मैले वाचा गरिनँ !!
तिमीले आशा गरिनौं !!
मैले वर्तमानमा बोलिनँ !!
तिमी मेरो भविष्य बनिनौं !!

प्रतिक्रिया