शनिबार, जेठ ५, २०८१

नेप्से २१४०.३९ अंकमा, सातामा २० अर्ब ८७ करोड २२ लाखको सेयर किनबेच

नेपालखोज २०७९ साउन १४ गते ११:२१

काठमाडौं । यो साता नेप्से २१ सय ४० दशमलव ३९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय नौ दशमलव ५३ अंकमा पुगेको छ ।

सातामा दुई सय २७ कम्पनीको तीन लाख २५ हजार तीन सय ८५ पटकको कारोबारमा चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २० अर्ब ८७ करोड २२ लाख ५२ हजार सात सय ९७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २५ कम्पनीको एक लाख ६६ हजार सात सय ५५ पटकको कारोबारमा दुई करोड ३२ लाख ६४ हजार एक सय ५५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम नौ अर्ब ५५ करोड ४६ लाख ८० हजार नौ सय ९६ रुपैयाँ पुगेको थियो । नेप्से योे साता ६ कार्य दिन नै खुला रहेकामा पहिलो, दोस्रो, चौथो, पाँचौं र छैटौं दिन बढेको थियो भने तेस्रो दिन घटेको थियो ।

सोमध्ये पहिलो दिन ६१ दशमलव पाँच अंकले बढेर दुई हजार ७८ दशमलव ५१ अंकमा चढेको नेप्से अन्तिम कारोबार दिन पनि १२ दशमलव ९२ अंकले बढेर दुई हजार एक सय ४० दशमलव ३९ अंकमा पुग्न सफल भएको थियो । यसबाहेक बाँकी दिनमा पनि नेप्से लगातार बढेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १२ दशमलव नौ अंकले बढेर तीन सय ९८ दशमलव ३३ अंकमा पुगेकामा अन्तिम कारोबार दिन पनि तीन दशमलव ९१ बढेर चार सय नौ दशमलव ५३ अंकमा पुग्न सफल भएको थियो । यीबाहेक बाँकी दिनमा पनि सेन्सिटिभ इन्डेक्स लगातार बढेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल टेलिकम आदि परेका छन् भने कारोबार भएको सेयर संख्याका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया