सोमबार, पुष ७, २०८२

‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु’

नेपालखोज २०७९ साउन १४ गते १३:२०

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सन्जाल मार्फत पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका छन् ।

उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनको आधारमा उनले भने, ‘बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतस् आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राखौँ ।’

हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले सामाजिक सन्जालमा लेखेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना !’

प्रतिक्रिया