१६ वर्षपछि कम्युनिटी सिल्डको उपाधि लिभरपुललाई
नेपालखोज
२०७९ साउन १५ गते ६:४३

काठमाडाैं । लिभरपुलले १८ वर्षपछि कम्युनिटी शिल्डको उपाधि जित्न सफल भएको छ । फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले सन् २००६ पछि पहिलो पटक यो प्रतियोगिताको उपाधि उचाल्न सफल भएकाे हाे ।
पछिल्लो पटक २०२० मा फाइनलमा पराजित भएको लिभरपुलले यो पटक फाइनलमा म्यानचेस्टर सिटीलाई तीन एकले पराजित गर्यो । लिभरपुलको जितमा एलेजान्देर आर्नोल्ड, मोहम्मद सलाह र नुनेजले एक एक गोल गरे । सिटीका लागि एकमात्र गोल डेब्यकर्ता अल्भारेजले गरेका थिए ।
लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको यो १६औं पटक हो । अहिलेसम्म २४ पटक कम्युनिटी सिल्डको फाइनलमा पुगेको लिभपुल आठपटक उपविजेता बनेको छ । यता सिटी फेरी एकपटक उपाधि जित्न असफल बन्यो ।
उसले सन् २०१९ मा अन्तिम पटक यो प्रतियोगिताको उपाधि जितेको थियो । त्यसपछि २०२१ को फाइनलमा लेस्टर सिटीसँग पराजित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया