शनिबार, जेठ ५, २०८१

एचआईडीसीएलको २ करोड ७८ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

नेपालखोज २०७९ साउन १५ गते १२:३७

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले आज (साउन १५ गते आइतबार) बाट २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी बिक्री खुला गरेको छ ।

यसअघि असार ५ देखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । त्यसबेला बिक्री नभएको सेयर अहिले पुनः लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआईडीसीएलले जनाएको छ । बोलपत्र पेस गर्ने म्याद साउन २९ गतेसम्म तोकिएको छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ । यसमा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल नक्सालबाट बोलपत्र आवेदन फाराम लिन र बुझाउन सकिनेछ ।

यस्तै, ग्लोबल आईएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिनेछ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया