शनिबार, जेठ ५, २०८१

२२ सयनजिक पुगेको नेप्से ५४ अंकले बढ्दा ४ अर्ब ६० करोडको सेयर किनबेच

नेपालखोज २०७९ साउन १५ गते १५:३२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा हरियाली छाएको छ । नेप्से आज ५४ दशमलव ५८ अंकले बढेर २२ सय अंकनजिक अर्थात २१ सय ९५ दशमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ७२ अंकले बढेर चार सय १९ दशमलव २० अंकमा पुगेको छ ।

दुई सय २० कम्पनीको ६७ हजार सात सय ४० पटकको कारोबारमा एक करोड १३ लाख ३९ हजार चार सय ७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । आज कुल कारोबार रकम चार अर्ब ६० करोड ९७ लाख ९१ हजार दुई सय ७२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार हुँदा फाइनान्स समूहको सूचक ३१ दशमलव ९३ अंकले घटेर बाँकी समूहहरूको सूचक उच्च अंकले बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ४० दशमलव ६२ अंकले बढेर १४ सय ३२ दशमलव ८९ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक पनि ३१ दशमलव ५७ अंकले बढेर चार हजार एक सय पाँच दशमलव २२ अंकमा पुगेको छ ।

जलविद्युत् समूहको सूचक २० दशमलव ४३ अंकले बढेर २५ सय ६० दशमलव ९४ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक तीन सय ७४ दशमलव आठ अंकले बढेर आठ हजार ६ सय ६४ दशमलव १४ अंकमा पुगेको छ । यसैगरी जीवन बिमा समूहको सूचक चार सय १२ दशमलव ८९ अंकले बढेर १० हजार तीन सय ३९ दशमलव ४० अंकमा पुग्दा ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आइतबार आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ७६ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गुडबिल फाइनान्सको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य तीन दशमलव ९४ प्रतिशतले घटेर एक हजार ७४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय १८ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ३४ लाख १६ हजार आठ सय ६० रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया