शनिबार, वैशाख २७, २०८२

जर्मनीलाई हराउँदै इंग्ल्याण्डले जित्याे महिला युरोकपको उपाधि

नेपालखोज २०७९ साउन १६ गते ६:३०

काठमाडाैं । महिला युरोकपको उपाधि इंग्ल्याण्डले जितेको छ । फाइनलमा जर्मनीलाई दुई एकले हराउँदै पहिलो पटक इंग्ल्याण्डले ठूलो प्रतियोगिताको उपाधि जितेको हो । 

वेम्ब्ले रंगशालामा भएको फाइनलमा इंग्ल्याण्डले अतिरीक्त समयमा जित निकाल्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टिमले एक एक गोल गरेका थिए ।

खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन । तर ७९ औं मिनेटमा जर्मनीका लागि मगुलले गोल गर्दै खेल बराबरी गर्न सफल भइन । आठ पटकको च्याम्पियन जर्मनीविरुद्ध इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया