सोमबार, पुष ७, २०८२

गाउँपालिका प्रमुखमा उठ्ने महावीर पुनको चाहना !

नेपालखोज २०७९ साउन १६ गते ११:५०

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पाँच वर्षपछि हुने स्थानीय चुनावमा उम्मेदवारी दिने चाहाना व्यक्त गरेका छन् ।

अध्यक्ष पुनले सामाजिक सन्जाल फेसबुकमार्फत् केही सिप नलागे म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका प्रमुखमा उठ्ने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘आगमी गा.पा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा उठ्नुपर्ला जस्तो देखिदैछ र केही सिप नलागे उठिन्छ पनि ।’

अध्यक्ष पुनले किन र के कारणले पालिका प्रमुखमा उठ्न लागेका हुन् खुलाएका छैनन् ।

प्रतिक्रिया