शनिबार, जेठ ५, २०८१

नेप्सेमा १.१५ अंकको वृद्धि, पाँच समूहले कमाउँदा आठवटाले गुमाए

नेपालखोज २०७९ साउन १६ गते १५:४४

काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन ५४ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने एक दशमलव १५ अंकले बढेर २१ सय ९६ दशमलव २५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९४ अंकले बढेर चार सय २१ दशमलव १४ अंकमा चढेको छ ।

दुई सय १७ कम्पनीको ६७ हजार दुई सय पाँचपटकको कारोबारमा एक करोड पाँच लाख १८ हजार सात सय १२ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम ४ अर्ब ६७ करोड सात लाख ९८ हजार सात सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँचवटाको सूचक बढेर आठवटाको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव सात अंकले बढेर १४ सय ३८ दशमलव ६१ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि १८ दशमलव ३७ अंकले बढेर २५ सय ७९ दशमलव ३१ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, उत्पादनमूलक र लगानी समूहको सूचक पनि बढेका छन.् ।

विकास बैंक समूहको सूचक भने ५९ दशमलव ४२ अंकले घटेर चार हजार ४५ दशमलव ८१ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि १९ दशमलव ७७ अंकले घटेर आठ हजार ६ सय ४४ दशमलव ३६ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक १९ दशमलव ५२ अंकले घटेर १० हजार तीन सय १९ दशमलव ८९ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा सोमबार बुटवल पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ९५ प्रतिशतले बढेर तीन सय ७१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरतर्फको मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेर ११ हजार चार सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता आठ सय ४८ रुपैयाँ अन्तिम मूल्यमा ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया