शनिबार, जेठ ५, २०८१

भारतमा १६ हजार चार सय ६४ जनामा कोरोना, ३९ को मृत्यु

नेपालखोज २०७९ साउन १६ गते १६:५४

नयाँदिल्ली । भारतमा गत चौबीस घण्टामा जम्मा १६ हजार चार सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

देशमा हाल कोरोना संक्रमितको सङ्ख्या चार करोड ४० लाखमा ३६ हजार दुई सय ७५ पुगेको छ । देशभर एक लाख ४३ हजार छ सय ७६ सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १९ हजार ६ सय ७३ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।योसँगै भारतमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या चार करोड ३३ लाख ६५ हजार जना पुगेको मन्त्रालयले जनाएको छ ।

चौबीस घण्टामा कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार तीन सय ९६ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७५ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड-१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

प्रतिक्रिया