शनिबार, वैशाख २२, २०८१

भारतबाट पेट्रोल १६ रुपैयाँ र डिजल १२ रुपैयाँ प्रतिलिटरले घटेर आयो, अब के गर्ला निगम ?

नेपालखोज २०७९ साउन १६ गते १७:०६

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै दोस्रोपटक पनि नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आईओसीले निगमलाई यसअघिको भन्दा प्रतिलिटर पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजेलमा १२ रुपैयाँ ४५ पैसाले घटाएर पेट्रोलियम पदार्थ पठाएको छ । यसअघि आईओसीले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाए पनि निगमले भाउ घटाएको थिएन । अहिलेसम्मको परिस्थितिअनुसार यसपटक पनि निगमले उपभोक्तालाई बिक्री मूल्य नघटाएर घाटा समायोजन गर्न सक्ने देखिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा पुगेको छ ।

प्रतिक्रिया